रौतहट, फतुवाविजयपुर नगरपालिका-५ सन्तपुर टोल बस्ने ईन्द्रजित खानको घरमा आइतबार साँझ आगलागी हुँदा घर, फर्निचर, लत्ताकपडा लगायतका सामान जलेर करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-३ टौखेल बस्ने शोभाकर आचार्यको घरमा ग्याँस हिटरबाट आगो ताप्ने क्रममा हिटर सर्ट भई गएराति आगलागी भएको छ । हाल क्षतिको विवरण खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।