हिपमत डटकम

सोमबार, पौष ०४, २०७९ || 7201  पटक पढिएको

बर्दिया, लेनदेन मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-१२ बस्ने मोहम्मद सरिफ खाँलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दिया गुलरियाको २०७९ कात्तिक १८ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

रूपन्देही, लागूऔषध मुद्दाका फरार प्रतिवादी कञ्चन गाँउपालिका-४ बस्ने २६ वर्षीय नारायण बस्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बुटवल तुल्सीपुर दाङको २०७४ भदौ २१ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!