हिपमत डटकम

सोमबार, पौष ०४, २०७९ || 7001  पटक पढिएको

सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

भोजपुर, भोजपुर नगरपालिका-६ देउराली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४० मिलिग्राम र ३ थान मोबाइल सहित उदयपुर त्रियुगा नगरपालिका-९ बस्ने ३६ वर्षीय तिलक बहादुर बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा ज्याकेटमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!