हिपमत डटकम

आइतबार, पौष ०३, २०७९ || 2079  पटक पढिएको

कैलाली, धनगढी उपमहानगरपालिका(८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका(३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका(२ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाको साथबाट ८ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका(८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित घोराही उपमहानगरपालिका(१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुन समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । रा।१ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!