हिपमत डटकम

शनिबार, पौष ०२, २०७९ || 7027  पटक पढिएको

लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् ।

 

संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र आग्रहपश्चात् पनि झुटो आश्वासन दिदै झुल्याउन थालेपछि प्रतिकार स्वरुप आन्दोलन थालिएको श्रमजीवीको हकहितका निम्ति लड्दै आएका संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।

गोरखा टिभी मात्र नभई कृषि टिभीमा काम गर्ने २ दर्जनभन्दा बढि पत्रकारहरुको न्यायका लागि लड्दै आएका अध्यक्ष जैसीका अनुसार श्रमजीवीहरुको लाखौं रुपैयाँ महिनौंदेखि नपाउँदा उनीहरुको बिचल्ली बनाउने साहुको घर घेराउ नै गरिएको, अब सबै श्रमजीवीहरुको संयुक्त सहभागितामा फेरि घर घेराउ गर्ने कार्यक्रम छ । सञ्चालक थापाले कर्मचारीलाई अनेक बहाना देखाउँदै समस्या पारिश्रमिक दिएका छैनन्।

थापाले जावलाखेलबाट ३ वटा भन्दा बढि संस्था सञ्चालन गरेका छन् । जस्मा कृषि टेलिभिजन,कृषि सहकारी संस्था,र कृषि फेसलगायत रहेका छन् । उक्त टेलिभिजनमा काम गर्ने कर्मचारी झापा,जाजरकोट,सुनसरि लगायतका क्षेत्रबाट आई कोठाभाडामा बसेर पत्रकारिता गर्दै आएका छन् ।

पटक पटक पारिश्रमिकको लागि ताकेता गरे पनि थापाले आफ्ना पकेटका २-४ जनालाई केही रकम दिएर अरु कर्मचारीको श्रम शोषण गर्दै आएको पिडित कर्मचारीहरुको गुनासो छ । केही समय अगाडि श्रमजीवी(पत्रकार संघ, नेपालसँग गरेको सहमति अनुसार थापाले चुनावपछि २० गते सबै पैसा चुक्ता गर्ने सहमति भएपनि उनले फोन न उठाउने के गर्न सकिन्छ त्यही गर भन्दै धम्कि दिने गरेको पनि उनीहरुको गुनासो रहेको छ ।

पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएपछि श्रमजीवी पत्रकार संघको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो । आन्दोलन अन्तर्गत थापाको निवास घेराउ साथै धर्ना र रिले अनसन बस्न बाध्य हुने पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!