हिपमत डटकम

शनिबार, पौष ०२, २०७९ || 7704  पटक पढिएको

कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

 

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ । विश्वकपमा विजेता टोलीसँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् । विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ । सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कारभन्दा ४ मिलियन धेरै हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाब गर्दा नेपाल राष्ट्र बैंकअनुसार शनिबारको अमेरिकी डलरको बिक्री मूल्य अनुसार करिब ५ अर्ब ५६ करोड ६१ लाख ४६ हजार ६०० हुन्छ । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ९७ करोड ५८ लाख १९ हजार पाउने छ ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात् ३ अर्ब ५७ करोड ८२ लाख ६० हजार पाउँदा चौथो हुने टिमले २५ मिलियन अर्थात् ३ अर्ब ३१ करोड ३१ लख ८२ हजार ५०० रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!