हिपमत डटकम

शनिबार, पौष ०२, २०७९ || 411  पटक पढिएको

आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)भित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहेको छ।

प्रत्यक्ष र समानुपातिक गरेर १४ सिटसहित पहिलो दलको हैसियत बनाएको कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः संसदीय दलमा दोहोरिने तयारीमा हुनुहुन्छ। जाजरकोटका राजीबविक्रम शाहले समेत संसदीय दलमा दाबी गर्नुभएको छ। मुख्यमन्त्री शाही आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नभएको बताउनुहुन्छ। पार्टीभित्र मुख्यमन्त्री शाही कांग्रेस कार्य सम्पादन समितिको सदस्य हुनुहुन्छ भने शाह केन्द्रीय सदस्य हुनुहुन्छ।

१३ सिटसहित दोस्रो दलको हैसियत बनाएको माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट दलको नेता बन्ने दौरानमा हुनुहुन्छ। शर्मा रुकुम पश्चिम (ख) र विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित हुनुभएको हो। विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसक्नुभएको हो। शर्मा भने पहिलो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो।

यता तेस्रो दलको हैसियत बनाएको (एमाले)भित्र पनि दुई जना आकांक्षी देखिनुभएको छ। एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई दल नेताको आकांक्षीको रुपमा  हेरिएको छ।

कँडेल मुख्यमन्त्री बन्ने चाहना स्वरुप नै आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर दोस्रो पटक प्रदेशमा झर्नुभएको हो। यता शाह भने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै आउनुभएको थियो। कर्णालीमा एमालेका १० सांसद छन्। यस्तै नेकपा (एकीकृत समावादी) र राप्रपाले प्रदेश सभामा १/१ सिट जितेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!