हिपमत डटकम

शुक्रबार, पौष ०१, २०७९ || 3640  पटक पढिएको

कास्की, १ पुस ।बृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका(६ घर भई कास्की पोखरा महानगरपालिका(४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!