हिपमत डटकम

शुक्रबार, पौष ०१, २०७९ || 874  पटक पढिएको

बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

 

शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर–२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुईजना बालक छन् । विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ। उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।

उनीहरुले चोरी गरेका गहना पगालेर वा टुक्रा पारी बेच्ने गरेका थिए । पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ ।

प्रहरीले चोरीका तीन थान मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भीमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती हुन्। रेग्मी र मग्रातीले पहेंलो धातुबाट बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवैजनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!