हिपमत डटकम

बिहिबार, मंसिर २९, २०७९ || 2819  पटक पढिएको

महोत्तरीलगायत तराईका जिल्लामा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार–पाँचदिनदेखि लगातारको शीतलहर, चिसो कठ्याङ्ग्र्दिो हावा, हुस्सु र बाक्लो कुहिरोका महोत्तर जनजीवनका साथै पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएका छन् ।

 

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा.सतिशकुमार साहले बताए । दशक नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् ।

जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका– ८ का किसान आशनारायण मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!