काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिका(१५ स्वयम्भू ठाडोभर्याङस्थित सडकमा बा।१ प ७६३ नम्बरको पर्यटक बस र बाग्मती प्रदेश ०२(०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका(३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका(३ कुम्हरौलमा बा।१२ च ५३८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(४ हरैया बस्ने श्रीदेव महराकी छोरी ६ वर्षीया राखी महराको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी मेडिकल रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी कार चालक मिथिला नगरपालिका(४ बस्ने ३२ वर्षीय बिनोद कुमार महतो कोईरीकी छोरी १० दिनकी आरुषी कुमारी महतोको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका(७ ढल्केवरमा बुधबार राति भएको सवारी दुर्घटनामा प्र।२(०२(००३ प ३८४३ नम्बरको मोटरसाइकल चालक महोत्तरी सितापुर भंगहा नगरपालिका(४ बस्ने २३ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको छ । सोही स्थानमा प्र।३(०१(००६ ख ०६८४ नम्बरको बसमा ठोकिएर पुनस् बा।५ ख ५२७४ नम्बरको हाइसमा समेत ठोकिएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, धनगढी नगरपालिका(९ जिरोमाईलमा बा।१९ च ३९६६ नम्बरको गाडी र बा।५४ प ४७३२ नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका(५ लखनपुर बस्ने ३८ वर्षीय देवदत राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ बौध पोलिक्लिनिक जिरोमाईल धनगढीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीएनसी अस्पताल बिर्तामोड झापामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्वत, जलजला गाउँपालिका(८ नाईलिवाङमा ध।१ ख ४९४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय जुठे बहादुर दमैको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका(१३ किरात चोकमा लु।८२ प ६५३३ नम्बरको मोटरसाइकल रोकी राखेको ना।१ ख ७७०० नम्बरको टिपरमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका(६ नेपालटार बस्ने २९ वर्षीय पवन रोका मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।