हिपमत डटकम

बिहिबार, मंसिर २९, २०७९ || 676  पटक पढिएको

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो ।

मृत गैंडाको खाग नपलाएको अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्र बिहीबार विहान एक पोथी गैंडा मृत फेला परेको छ । मृत गैंडा १५ वर्ष उमेरको भएको निकुञ्जले जनाएको छ ।

पन्ध्र बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!