हिपमत डटकम

बिहिबार, मंसिर २९, २०७९ || 380  पटक पढिएको

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ स्थित कटुन्जे घर भएकी १७ वर्षीया सन्तोषी थापा मृत फेला परिन् । मंसिर १२ मा घरभन्दा ५ सय मिटर टाढा रुखमा सन्तोषी झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएका प्रहरीले उनको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम पठाए । सदरमुकामका चिकित्सकले पोष्टमार्टमका लागि भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा रिफर गरे । काठमाडौं मेडिकल कलेजमा उनको पोष्टमार्टम गरिएको छ ।

नाम्लोको पासोमा झुन्डिएकी सन्तोषीको हत्या भएको आशंका गरिएको छ । किशोरीका ठुलोबुवा प्रेम थापाले उनको हत्या भएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘शरीरमा रगत देखिएको छ, हत्यापछि आत्महत्या प्रमाणित गर्न खोजिएको छ ।’

स्थानीय र घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूका अनुसार सन्तोषीको शरीरमा रगत देखिएको थियो । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘सुरुवालमा रगत लत्पतिएको देखिएको थियो ।’ शरीरमा देखिएको रगत परीक्षण गर्न विधिविज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान गरिरहेका छौं ।’

सन्तोषीले बोक्ने मोबाइल र अरु दुईवटा मोबाइल अनुसन्धानका लागी प्रहरीले लगेको छ । पीडित परिवारले बलात्कारपछि हत्या भएको जिकिर गरेका छन् । भेजिनल स्वाव परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ । सो रिपोर्ट आउन बाँकी छ ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतकाअनुसार काठमाडौं मेडिकल कलेजले ‘झुन्डिएर मृत्यु’ भएको पोस्टमार्टम रिपोर्ट दिएको छ । प्रहरीले शङ्कास्पद व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!