हिपमत डटकम

बिहिबार, मंसिर २९, २०७९ || 279  पटक पढिएको

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भएको भेटवार्ताका क्रममा निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका साथै समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।

 

यस्तै भेटका क्रममा नयाँ सरकार गठनका विषयमा छलफल हुनुका साथै गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो ।

अर्थतन्त्रमा देखिएको समस्याको समाधान, नुवाकोटका अधुरा विकास निर्माणका कामका साथै किसानका समस्याका बारेमा पनि केसीले प्रधानमन्त्रीसँग छलफल गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!