शुक्रबार, फाल्गुण ३०, २०७६ || 1723  पटक पढिएको

कोरोना भाइरस संक्रमणको आशंका गरिएको दुई बिरामीलाई बिराटनगरस्थित कोसी अञ्चल अस्पतालले धरान रेफर गरेको छ । उनीहरूको परिचय र उमेर समूह गोप्य राखिएको छ । दुवै जना केहि दिन अगाडी विदेशबाट
स्वदेश आएका थिए। उनीहरुको कुनै पनि परिचय खुलाएको छैन।
रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा। संगीता मिश्रले पुष्टि गरेकी छन् ।
विदेशबाट आएका भनिएका दुई जनाको बारेमा अस्पतालले थप खुलाएको छैन तर रेफर गरिएको भने अस्पतालकी मेसु डा। संगीता मिश्रले पनि पुष्टि गर्दै भनिन्, “हामीले शंका लागेको बिरामीको स्वास्थ्यबारे चिकित्सकले तयार गर्ने स्वास्थ्य सम्बन्धी हिस्ट्री पनि लिएका छौं । पारिवारिक स्वास्थ्य अवस्थाको लगत पनि तयार गरेका छौं । उनीहरूको नमुना परीक्षण काठमाडौ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुनेछ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!