हिपमत डटकम

बुधबार, मंसिर २८, २०७९ || 363  पटक पढिएको

झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक कपिलवस्तुमा पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले जवरजस्ती करणी गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!