हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 11370  पटक पढिएको

गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता सहजता उन्मुख हुँदै गएको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघको वार्षिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कुनै समय ८.५ प्रतिशत पुगिसकेको अन्तर बैंकिङ ब्याजदर अहिले ७.०७ प्रतिशतमा झरेको बताए । केही समयमा नै १.४३ प्रतिशतले ब्याजदर घट्नु सकारात्मक रहेको उनले बताए ।

 

जसले भित्र भित्रै तरलता सहज हुँदै गएको र अन्य आर्थिक सूचकहरुले समेत सो देखाएको उनले बताए । कठिन परिस्थितिका बीच कठोर नीति तथा रणनीति लिएसँगै आयातमा संकुचन आई शोधनान्तरसँगै विदेशी विनिमय सञ्चितिमा सुधार आएको गभर्नर अधिकारीले बताए । अन्य आर्थिक गतिविधि समेत बिस्तारै चलायमान हुँदै गएकोमा अब छिट्टै अर्थतन्त्र सहजतातर्फ मोडिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!