हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 2177  पटक पढिएको

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अहिलेकै स्थिति रहीरहे कोही पनि व्यक्ति राजनीतिमा नजोडिने समय आउन सक्ने बताएका छन् । उनले राजनीतिमा शुद्धिकरण गरेर फरक दल र जनप्रतिनिधिहरुका बीचमा समेत सौहार्दपूर्ण सहकार्य र विकासमा हातेमालो हुन आवश्यक रहेको बताए ।

 

‘म यो क्षेत्रको जनप्रतिनिधि हुँ । यहाँका नयाँ–पुराना र स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गर्न चाहन्छु । सल्लाह सुझाव लिएर अगाडि बढ्न चाहन्छु,’ सोमबार बुढानिलकण्ठ नगरपालिका-४ स्थित चपली घुम्तीमा विष्णुमती करिडोर सडकको शिलान्यास गर्दै नेता पौडेलले भने, ‘अब हामीले यो दल वा त्यो दल भन्नु हुँदैन । विकासमा सहकार्य हुनु जरुरी छ । अन्यथा, घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने, तर काम केही नहुने स्थिति रहीरहने हो भने राजनीतिसँग कोही पनि नजोडिने समय आउन सक्छ ।’

उनले जनताको चाहना बमोजिम विकास निर्माणका काम नभए राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । नेता पौडेलले मापदण्डबमोजिम करिडोर निर्माण भए चक्रपथ लगायत मुख्य सडकको चाप कम हुने र त्यसले यात्रुहरुलाई राहत पुग्ने बताए ।

‘काठमाडौंकै क्षेत्र नं. ४ मा सबै करिडोर बनेको छ, हाम्रो क्षेत्रमा मात्रै यो करिडोर निर्माण किन रोकिएको हो ? तपाईंहरुले पनि सहजीकरण गर्नुहोला, मापदण्ड अनुसार विष्णुमतिमा करिडोर बनाऔँ । यसले यहाँ स्थानीयलाई त सुविधा हुन्छ नै, हाइवेमा यात्रा गर्ने यात्रुलाई पनि सहज हुन्छ ।’

वडाध्यक्ष श्रीराम केसीका अनुसार पौडेलले शिलान्यास गरेको बाटोले बूढानिलकण्ठ–४ र टोखा नगरपालिका–२ भएर तारकेश्वर नगरपालिका जोड्छ । १२ करोड ४२ लाखमा ठेक्का सम्झौता भएको उक्त सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!