हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 441  पटक पढिएको

पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ ।

२० दिनसम्म उपचार गराइरहनुभएका पलाँता ६ का घाटे शाहीका छोरा वर्ष १३ का अशोक शाहीको ४० हजार रुपियाँ अस्पतालले निशुल्क गरेको हो । यसअघि शुल्क तिर्न नसक्दा अस्पतालले डिस्चार्ज नगरेको थियो ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि गाउँपालिकाको निर्देशनमा शुल्क मिनाहा गरिएको हो ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले शुल्क मिनाहा गर्ने निर्देशन दिएकाले अस्पताल प्रमुख डा. विजयकुमार महतोले सबै शुल्क छुट गरेको बताउनुभयो ।

बिरामी बालककी आमा बेलपुरा शाहीले शुल्क मिनाहा भएकाले आफूलाई निकै सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!