हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 687  पटक पढिएको

मङ्सिर २६ गते । निर्वाचन आयोगले आज (सोमबार)देखि निर्वाचन आचारसंहिता लागू नहुने जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि देशभर निर्वाचन आचारसंहिता लागू गरिएको थियो ।

उक्त आचारसंहिता मङ्सिर २६ गते सोमबारदेखि लागू नरहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता एवम् सचिव शालिग्राम शर्मा पौडेलले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सम्पूर्ण मन्त्रालयहरु तथा संवैधानिक निकायहरुमा जानकारी गराइसकेको जानकारी दिनुभयो ।

मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भएको थियो । आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण मङ्सिर २९ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!