जहदा -३ जयरामपुरमा २ करोडको तटबन्धन ,वडाअध्य्क्ष ठाकुरले गरे शिल्यानास

वडाअध्यक्ष अनिल ठाकुरको पहलमा २ करोडको तटबन्धन निर्माण सुर

बीरेन्द्रकुमार साह

सोमबार, मंसिर २६, २०७९ || 445  पटक पढिएको

बिराटनगर। बर्षौदेखी बाढिको समस्या झेलिरहेका मोरङ जहदा गाउँपालिका वडा न -३ जयरामपुरका स्थानियबासिलाई केही राहत हुने भएको छ ।

स्थानिय लहोन्द्रा खोलामा आउने बाढि डुबानका कारण जयरामपुर बासिले बर्षौ नै आफ्नो धनमाल गुमाउदै आएका थिए ।खोलामा मजदुत तटबन्ध नहुदा यो समस्या झेल्दै आएका स्थानियलाई यस बर्षदेखि राहत हुने भएको छ। हरेक बर्ष आउने बाढीका कारण आफ्नो खेति गर्ने जमिन खोलाले कटान गर्दै आएको स्थानीय गया प्रसाद यादवले बताए उनले भने अहिलेसम्म मेरो २ बिघा जमिन खोलाले कटान गरि सक्यो यो निर्माण हुने तटबन्धले अवश्य हामि स्थानीयले राहत पाउने छौ यसकोलागि पहल गर्नुहुने जहदा -३ का वडा अध्यक्ष अनिल ठाकुरलाई उनले धन्यवाद दिए।

यस्तै स्थानिय चौथी ऋषिदेवले भने हरेक बर्ष बाढी आउदा खान लगाउन समेत हामीलाई समस्या हुन्थ्यो हामि गरिब मान्छे हो हामीलाई हेर्ने कोहि थिएन तर वडा अध्यक्ष अनिल ठाकुरले हाम्रो दुख सुखमा साथ दिनु भयो।

आशा राहेको छु कि यो तटबन्धन राम्रो निर्माण होस यसमा कसैले पनि भ्रष्टाचार नगरोस काम राम्रो चाहिएको छ हामीलाई ऋषिदेवले भाबुक हुदै भने यसकोलागि पहल गर्ने अनिल ठाकुरलाई धनयवाद। नेपाल सरकार सिचाई डिभिजन कार्यालय मार्फत आएको २ करोड अनुदानले ५ सय मिटर क्षेत्रफलमा तटबन्ध बन्ने भएको छ । पृथ्वी ईन्जिनियर्स एण्ड बिल्डर प्रा लि बत्तिसपुतलि काठमाडौले यो तटबन्ध निर्माण गर्ने ठेक्का पाएको छ । मंसिर २६ गते आजबाट निर्माण कार्य सुरु गरेका कम्पनीले पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले बताएका छन् ।

बिगत बर्षौदेखि बाढिका समस्या झेलिरहेका स्थानियकोलागी जहदा गाउँपालिका वडा न -३ का वडाअध्यक्ष अनिल ठाकुरले पटक पटक माथिल्लो निकायमा माग गरेपछी यो प्रोजेक्ट आएको वडाअध्यक्ष अनिल ठाकुरले बताए । उनका अनुसार यो तटबन्ध निर्माण भएपछि करिब १ हजार घरधुरिले यसको प्रत्यक्ष फाईदा लिने छ ।आज उक्त तटबन्धनको जाग्दा -३ का वडाअध्यक्ष अनिल कुमार ठाकुरले शिल्यानास गरे । तोकिएको समय अवधिमा नै काम सम्पन्न हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!