हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 608  पटक पढिएको

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ ओली निवास पुगेका थिए । नेताहरूबीच करिब दुई घण्टा संवाद भएको थियो ।

भेटमा दुई नेताबीच बधाई आदान-प्रदान भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । नेता केसीले भेटमा नयाँ सदनमा सत्तापक्ष र प्रतिपक्षका बीचमा आपसी सहकार्यको महत्त्व र राष्ट्रिय राजनीतिका विषयहरूमा छलफल भएको बताए ।

‘निर्वाचनको समीक्षा भयो । नयाँ सरकार गठनका सम्भावना र सम्भावित राजनीतिक समीकरणका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘द्वन्द्वकालीन मुद्दाहरूलाई किनारा लगाउनेदेखि सुशासन, भ्रष्टाचारलगायत विषयहरूमा सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा समान धारणा व्यक्त भयो ।’

उनले बजारमा व्याप्त मूल्यवृद्धि नियन्त्रणका विषयमा समेत भावी सरकारले भूमिका खेल्नुपर्नेबारे कुराकानी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!