हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 592  पटक पढिएको

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । सोमबार बुढानिलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए ।

उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए । उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको भन्दै प्रश्नसमेत गरे ।

उनले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे । उनले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए । उनले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए ।

उनले भने– ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन । राजनीतिको ठूलो तहमा पुगेपनि समाजले सम्मान गर्ने स्थिति हुँदैन । स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । हामी बजेट ल्याउने कुरामा प्रदेश र संघका सांसदहरु लाग्नेछौँ ।’

उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने– ‘४ नम्बरमा सबै करिडोर बनेको छ, हाम्रो ५ मा करिडोर बनाउन किन रोकिएको ? मापदण्ड अनुसार बनाउँदै जाऔँ । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुन्छ । विकास व्यवस्थित ढंगले अघि बढ्ने परिस्थिति बन्छ । तत्काल हामीले करिडोर अघि बढाउन के गर्नुपर्छ, त्यसका लागि हामीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । आवश्यक्ता अनुसार हामी काम गर्नेछौँ । विद्युत प्राधिकरणले तार भूमिगत गर्छु भनेर बाटो भत्काएर अलपत्र बनाएको छ, खोनेपानीले पानी ल्याउँदा बाटो नै भत्काएर अलपत्र बनाएको छ, धुलो उडेर जनताले सास्ती पाएका छन् । हामीले बिग्रिएका बाटोहरुको मर्मतका लागि लबिङ गर्न जरुरी छ ।’

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए । उनले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । नेता पौडेलले कर तिरेका नागरिकहरुले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद् भएको बताए ।

नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताए । विष्णुमती करिडोर सडक करिव १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!