हिपमत डटकम

आइतबार, मंसिर २५, २०७९ || 373  पटक पढिएको

दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक गरी ६ जना सांसद बनेका छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत दुल्लू, चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका, भैरवी र ठाटीकाँध गाउँपालिका गरी पाँच वटा पालिका पर्दछन् । पाँच पालिकाबाट १÷१ वटा सांसद बनेका छन् भने चामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट एउटा प्रत्यक्ष र एउटा समानुपातिक गरी दुई जना सांसद बनेका छन् ।

 

चामुण्डाबिन्द्रासैनीबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव जितेका दिक्पाल कुमार शाही र प्रदेशसभातर्फ समानुपातिक सांसद बनेकी इन्द्राकुमारी शाही कांग्रेसबाट सांसद बनेका हुन् । प्रतिनिधिसभा सदस्य शाहीको वडा नम्बर ६ हो भने समानुपातिकबाट प्रदेश सांसद बनेकी शाही वडा नम्बर ७ निवासी हुन् ।

यस्तै ठाटीकाँध गाउँपालिका वडा नम्बर १ बाट विनोद कुमार शाह प्रदेश सांसद निर्वाचित भएका छन् । उनी प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित भएका हुन् । उनी ०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् ।

आठबीस नगरपालिकाबाट भने समानुपातिक सांसद चयन भएका छन् । सो पालिकाको वडा नम्बर १ निवासी एमालेकी गोमता विक दलित कोटाबाट प्रदेशसभामा समानुपातिक सांसद बनेकी हुन् ।

उता दुल्लू नगरपालिका वडा नम्बर ८ का घनश्याम भण्डारी कांग्रेसबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने भैरवी गाउँपालिका वडा नम्बर १ की सीता कुमारी राना प्रतिनिधिसभामा आदिवासी महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी उनले पहिलो पटक संसदको यात्रा तय गरेकी हुन् ।

दलगत आधारमा हेर्ने हो भने २ जना एमाले र चार जना कांग्रेसबाट सांसद बनेका छन् । लैङ्गिक आधारमा तीन जना महिला र तीन जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!