हिपमत डटकम

आइतबार, मंसिर २५, २०७९ || 402  पटक पढिएको

 गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चार जगत्ले उल्लेखनीय योगदान दिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारण सभाको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले कहीँ कतैबाट पनि प्रेसमाथि अङ्कुश लगाउन नहुने धारणा राख्दै प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। राज्यमा कानुन कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अङ्गहरू सचेत हुनुपर्ने विचार राख्नुभयो।

सरकारले गरेका जनहितविपरीतका गतिविधिमा सधैँ खबरदारी गर्न र जनताको मन जितेर कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विकास र पत्रकारिता सँगसँगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो। राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि सङ्कुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासङ्घले खबरदारी गर्नुका साथै पत्रकारको हकहित सुरक्षामा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। श्रमजीवी पत्रकारले ऐन कानुनले तोकेको पारिश्रमिक नपाउने अवस्था अझै कायम रहेकाले यसका लागि महासङ्घले खबरदारी गरिरहेको पनि उहाँले बताउनुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासङ्घसँग सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभयो। नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पु¥याएको बताउनुभयो। पत्रकार महासङ्घले कास्कीका पत्रकारहरूको अभिभावकीय भूमिका निर्वाह गर्दै महासङ्घको गरिमालाई उचो बनाउने काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष पुण्य पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मालगायतले सञ्चारको भूमिकाका बारेमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!