विराटनगर । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाको श्रीमती आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खांका श्रीमती मन्जु खांलाई समानुपातिक कोटाबाट सांसद बनाएपछि नेपाली कांग्रेसका युवा नेता ,नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य वीरेन्द्रकुमार साहले बिरोध गरेका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।

समानुपातिक कोटा भनेको पिछडिएका वर्गकोलागी बनाईएको हो । जो सत्ता र शक्तिको पहुंचभन्दा टाढा छ त्यस्तो मानिसहरूको लागि बनाईएको समानुपातिक निर्वाचन प्रणाली पार्टीको शीर्ष नेताहरुको श्रीमतीकोलागी नभएको साहले बताए ।

पार्टिकोलागी दिनरात मिहनेत गर्ने ,संगठन बिस्तार गर्ने ईमान्दार कार्यकर्ताहरुलाई बाईपास गरेर अवसर नदिनु चरम शोषण हो । पैसा ,पावर र आफन्त मोहले पार्टीका असल कार्यकर्तालाई पछि परेको साहको भनाई छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!