हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 734  पटक पढिएको

नेकपा (एमाले) ले समानुपातिक तर्फको ३४ जनाको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगले तोकेको प्रावधानलाई ख्याल गर्दै क्लष्टर अनुसार समानुपातिक सांसदको नाम बैठकले टुङ्गो लगाएको छ ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रचार विभाग प्रमुख गुरुङ्ले टुङ्गो लागेको सूची आजै निर्वाचन आयोगमा बुझाइने छ । उहाँका अनुसार प्रदेशअनुसारको समानुपातिक नाम पनि बैठकले टुङ्गो लगाएको छ । एमालेले टुङ्गो लगाएको संघीय संसदका समानुपातिक सांसदको नाम यस्तो छ –

आदिवासी जनजातितर्फ

देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सुर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ति, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्यतर्फ

रघुजी पन्त, एकनाथ ढकाल, दयालबहदुर शाही

महिलातर्फ

मेनका कुमारी पोख्रेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, शान्ति चौधरी, दीपा शर्मा, सुनिता बराल

थारुतर्फ

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित तर्फ

ईश्वरबहादुर रिजाल, प्रभु हजरा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राणा बराइली, हर्क माया विश्वकर्मा

मधेशीतर्फ

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृतादेवी अग्रहरी, प्रतिक्षा तिवारी मुखिया

मुस्लिमतर्फ

सराज अहमद फारुकी

पार्टीद्वारा कारवाही

बैठकले निर्वाचनमा पार्टीविरुद्ध लागेका नेताहरुलाई कारवाही गरेको छ । पार्टी उपमहासचिव गुरुङका अनुसार कारवाहीमा परेका नेताहरुमा घनश्याम भुषाल, प्रभु साह, उपेन्द्र साह, कुन्दन कुश्वाहा, गंगा चौधरी, रामप्रित राम, वद्री न्यौपाने, रिता साह, टेकबहादुर बलम्पाकी, वाङ्दी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी शाह, चैतुन खातुनलाई कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!