मलाइका अरोडाको जिम लुक समय समयमा चर्चाको केन्द्रमा हुने गर्छ । हालै उनलाई पुनः जिम बाहिर देखियो जहाँ उनले स्किन कलरको बडीसुट लगाएकी थिइन् । यो स्पोर्टस् वेयर रिबक एक्स डेविड बेकहम सिरिज हो । मलाइकाको बडीसुटमा तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे ।
मानिसहरुले भने, सस्तो किम कार्दासियनः
सोसल मिडियामा मलाइका बारे भद्दा कमेन्ट पनि आए । ट्रोलरले उनलाई सस्तो किम कार्दासियनसमेत भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अहिलेसम्मको सबैभन्दा घटिया आउटफिट ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘लाजै नभएकी, उमेरको ख्याल त गर ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘बलिउडका कारण हामी आफ्नो संस्कृति र सभ्यता गुमाउँदै गएका छौं ।’
https://www.instagram.com/p/B9n7CGanSzG/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again