हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 745  पटक पढिएको

महिला अधिकार : मानव अधिकार’ भन्ने उद्घोषसहित मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान प्रारम्भ गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मङ्सिर २४ गते १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै शान्ति समाजले यो अभियानको थालनी गरेको हो । महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवं महिला सशक्तीकरणमा केन्द्रित रही थालिएको यो अभियान निरन्तर चल्ने छ ।

 

यो अभियान अन्तर्गत मङ्सिर २४ गते शान्ति समाजका जिल्ला शाखाहरूले रुपन्देहीको बुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलङ्गा, कैलालीको टिकापुर, मोरङको विराटनगर, अछामको मङ्गलसेन, सङ्खुवासभाको खाँदवारी, बागलुङ सदरमुकाम, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलाबारी गरी १४ जिल्लामा प्रदर्शन गरेका थिए भने शान्ति समाज काठमाडौँ र दाङ शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । यसैगरी ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!