हिपमत डटकम

शुक्रबार, मंसिर २३, २०७९ || 735  पटक पढिएको

 खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुनुहुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिनुहुँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनुभयो । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘‘१२ महिना नै अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछु । यसको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ । एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ । भूक्षय भएको ठाउँमा त्यसको रोकथाम कसरी गर्ने ? र कसरी संरचना सुरक्षा गर्ने र स्थायी रुपमा समाधान गर्न कसरी अघि बढ्ने भन्ने बारेमा पनि हामी सोचिरहेका छौँ । हामीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा १२ महिनै काठमाडौंवासीलाई पानी खुवाउन सक्छौँ ।’’

उहाँले काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउन सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको जानकारी दिनुभयो । यसैगरी, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताउनुभयो । मन्त्री चौधरीले काठमाडौंवासीलाई १२ महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको जानकारी दिनुभयो ।

‘‘मानव जीवनका लागि खानेपानी अपरिहार्य आवश्यकता हो । काठमाडौंवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनु नपरोस्, त्यसकारण मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा बागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा ल्याएर खसालेका थियौँ । यसको विकल्पको रुपमा याङ्ग्री र लार्केको योजना पनि हामीले बनाइसकेका छौँ ।,’’ उहाँले थप्दै भन्नुभयो, ‘‘सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको छ, काम पनि अघि बढेको छ । महादेव खोला पनि विकल्पमा छ । अब आउने दिनमा काठमाडौंको पानीलाई व्यवस्थापन गर्नका लागि अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले पानीका लागि कसैको मुख हेर्नुपर्दैन । १२ महिना नै काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउनुहुनेछ ।’’

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताउनुभयो । अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने धारणा उहाँले व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!