बिहीबार नायिका आँचल शर्मा प्रेमी उदिपसँग बिबाह बन्धनमा बाधिएकी छन् । डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई मूर्त रुप दिँदै यो जोडीले हिन्दू परम्परा अनुसार बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन् । आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन् । गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका उनहिरुले फागुन २९ मा बिहे गरे भने चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् ।बिहेमा नायिका आँचल अत्यन्तै सुन्दर देखिएकी थिइन् । विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन् । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन् । पछिल्लो समय उनी म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त थिइन् ।