हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 41469  पटक पढिएको
तस्बिर :निशान कंडेल /हिपमत मिडिया

बिराटनगर। नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारले नेकपा एमाले र काङ्ग्रेस मिलेर सरकार चलाउनुपर्ने बताएका छन् ।बिहीबार चुनावी समीक्षाका लागि विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन ।

उनले एमाले र काङ्ग्रेस मिलेर सरकार चलाउँदा मुलुकमा राजनीतिक स्थिरता आउने बताए ।उनले भने, ‘एमाले र काङ्ग्रेस मिलेर सरकार चलाएमा मुलुकले स्थिरता पाउँछ । तर दुई गठबन्धन छ । यो सम्भव होला न होला, तर म यसका लागि पहल गर्छु ।’

उनले भने, ‘लामो समय लडेर हामीले व्यवस्था र्फेयौं । राजनीतिक लडाइँ लडिरहँदा पनि हाम्रो देशमा राजनीति स्थिरता नहुने हो कि भन्ने डर छ । हामीले ल्याएको संविधान रक्षा गरेमा मात्र राजनीतिक स्थिरता हुन्छ र देशले फट्को मार्न सक्छ ।’

उनले पाँचदलीय सरकारको गठबन्धनलाई पनि चुनावमा हम्मेहम्मे भएको बताए । गच्छदार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!