हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 2581  पटक पढिएको

बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।

ललितपुरस्थित सानो हात्तीवनस्थित मङहिम मन्दिरमा किराँत समुदायले विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका हुन्। सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रस्तुति देखाइएको थियो। प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व पनि हो। यस अवसरमा ललितपुरको हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ।

 

अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले उधौली पर्वलाई विशेष पर्वका साथ किराँत समुदायमा मनाउने परम्परा छ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली पर्व मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ। सरकारले उधौली पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदासमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!