कला क्षमता प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन्छु – मोडल अनामिका कार्की(फोटो फिचर)

कला क्षमता प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन्छु - मोडल अनामिका कार्की

बिहिबार, मंसिर १९, २०७६ || 1410  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,मंसिर १९ ।
मोडल अनामिका कार्की नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ । सिनेनगरीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन अनामिका । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमाआफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन अनामिका कार्की अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

सुदुरपश्चिम कन्चनपुरमा जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाउदै सिनेनगरीमा संघर्ष गर्दै आएकी मोडल अनमिकाले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमत प्रदर्शन गरिसकेकी छिन ।
अभिनय तथा नृत्यमा पोख्त मोडल अनामिका सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l अनामिका हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन । मोडल अनामिका भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन ।


सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनामिका अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । अनामिकाले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि मोडल कार्की बताउछिन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!