हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 1227  पटक पढिएको

त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

 

दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्।

दीक्षान्त समारोहमा विद्यार्थी सकुन महर्जनले चार पदक पाउने भएका छन् । स्नातकोत्तर तह २०७६ सालका विद्यार्थी महर्जनलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने भएको छ। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४ सीजीपीए ल्याएर एकैपटक चारपदक पाउने भाग्यमानी विद्यार्थी भएका छन् ।

सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उहाँलाई चान्सलर, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त हुनेछ । उनलाई उपकुलपति र प्रमुख अतिथिले पदक तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!