हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 1235  पटक पढिएको

पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटको
भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।

 

चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।

पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीवजार जानुपर्ने बाध्यता छ । समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने थियो । पुल निर्माण नहुँदा रुकुम पुग्न धेरै लामो घुम्नुपर्छ । रुकुम पुन र चौरजहारी र जगतीपुरको विकासमा समेत पुल नहुँदा बाधा खडा भएको स्थानीय बताउँछन् । यो समाचारनागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!