हिपमत डटकम

बुधबार, मंसिर २१, २०७९ || 2032  पटक पढिएको

२१ मंसिर, नेपालगञ्ज । नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको छ ।

नेपालगन्जको राझास्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको पहिचान र त्यसबाट हुन सक्ने क्षतिबाट बच्ने उपायका बारेमा जानकारी दिइएको थियो ।

 

प्रर्दशनीमा नेपाली सेनाले विपदका बेला सञ्चालन गर्ने उद्दारका गतिबिधिका साथै बन र बन्यजन्तुको संरक्षणका लागि निकुन्ज क्षेत्रमा खटिएर नेपाली सेनाले गर्दै आएका कामहरुका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको छ ।

प्रर्दशनीमा नेपाली सेनाका छोरा छोरीले अध्ययन गर्ने बाँके र बर्दियाका १६ वटा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

नेपाली सेनाका बारेमा बिद्यार्थीलाई जानकारी गराइ सेना र आम नागरिकबीचको सम्बन्धलाई थप प्रभाबकारी गराउने उद्देश्यले प्रर्दशनी गरिएको नेपाली सेनाको बज्रदल गणका गणपति श्याम आत्रेय पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!