हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 23464  पटक पढिएको

बिराटनगर। अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ ।

अमेरिकाको न्यु जर्सी को रमणीय दृश्यमा खिचिएको यो म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को यु ट्युब च्यानलमा रिलिज गरिएको छ । यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिसले पछिल्लो समय प्रेम गित ३ का गीतमा संगीत भरेका छन् । यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधान ले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ ।

यस गितको भिडियोमा चलचित्र गोर्खा पल्टनकि नायिका तथा मोडल रन्जिता गुरुङ लामो समयको अन्तरालमा भिडियोमा देखिएकि छिन् र भिडियोमा उनलाइ कृश थापाले अभिनय गरेका छन् ।

सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् भने भिडियो को छायांकन ड्रोनका साथै निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!