क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् ।ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका छन् र सोफीको रिपोर्ट आइनपुग्दासम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।