हिपमत डटकम

सोमबार, मंसिर १९, २०७९ || 2269  पटक पढिएको

 प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गर्नुभएको छ ।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गर्नुभएको हो । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उहाँको निवासमा भेट्नुभएको थियो ।

भेटमा लिएको एक तस्बिरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिनुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औँ जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!