हिपमत डटकम

सोमबार, मंसिर १९, २०७९ || 5550  पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानबिन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए ।

 

लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानबिन अघि बढाउन आदेश दिएको थियो ।

लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानबिन भइरहेको छ ।

छानबिनका क्रममा लामिछानेको नागरिकता र राहदानी अवैध ठहरिए पार्टीको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, दलसम्बन्धी ऐनमा पार्टी सभापतिको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को व्यक्तिलाई सभापति चुन्न सक्ने व्यवस्था छ । यसो हुँदा दल खारेज हुँदैन । केन्द्रीय समितिबाट अर्को व्यक्ति सभापति बन्न सक्ने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले बताउँछन् । –न्युज कारखाना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!