हिपमत डटकम

आइतबार, मंसिर १८, २०७९ || 7895  पटक पढिएको

पुराना दिनहरु सम्झँदै आमिर खानले आफू निकै सम्पन्न परिवारको हो भन्ने धेरैमा भ्रम रहेको बताएका छन् । उनका पिता एक फिल्म निर्माता भएकोले उनको पारिवारिक अवस्था निकै राम्रो होला भनेर धेरैले सोच्ने गरेको पनि उनले बताए । तर वास्तविकता यो भन्दा निकै पर रहेको उनी बताउँछन् । आमिरका अनुसार उनका बुबाले फिल्म बनाउन ऋण लिएको तर ८ वर्षसम्म फिल्म बन्न नसकेको बताएका छन् । यो ऋणका कारण आमिरको परिवारले धेरै आर्थिक समस्याको सामना गर्नुपरेको थियो ।

 

बुवाले लिएका थिए ऋण

ह्यूमेन्स अफ बम्बेलाई दिएको अन्तरवार्तामा आमिरले आफू १० वर्षको हुँदा उनको परिवारले धेरै नै समस्या भोग्नुपरेको बताए । उनले भने, ‘मेरो बुवाले एउटा फिल्म बनाउनका लागि ब्याजमा ऋण लिएका थिए जुन ८ वर्षसम्म बन्न सकेन ।’ भारतीय सञ्चार माध्यमका अनुसार यति भन्दा आमिर निकै भावुक भए र केही बेरका लागि अन्तरवार्तालाई बीचमा नै छोडे ।

मलाई अब्बाको स्थिति देखेर नराम्रो लाग्थ्यो – आमिर

आमिर अन्तरवार्तामा फर्किएपछि उनले भने, ‘मलाई अब्बा जानको स्थिति देखेपछि असाध्यै पीर लाग्थ्यो किनभने उनी निकै साधारण व्यक्ति थिए । उनले ऋण लिनु हुँदैनथ्यो । उनलाई यति पनि थाहा थिएन । उनको कति फिल्म चले पनि तर आर्थिक स्थिति सधैँ नाजुक हुन्थ्यो ।’

उनले जोबाट पैसा लिए उनीहरुले फोन गरेर हैरान गर्दथे । त्यतिबेला अब्बाले उनीहरु सबैलाई भन्थे, ‘म के गरुँ। मसँग पैसा छैन, मेरो फिल्म अड्किएको छ ।’ अब्बालाई यस्तो स्थितिमा देखेर असाध्यै नराम्रो लाग्थ्यो ।’

आमाले जानाजानी लामो पाइन्ट किनिदिनुहुन्थ्यो

आमिर खानले भने, ‘मेरो बुवाले लिएको ऋणको एक–एक पैसा फिर्ता गरिदिनुभयो । तर यतिबेला मेरो स्कूलको शूल्क सधैँ समयमा नै तिरिदिनुहुन्थ्यो ।’

यतिबेला आमिरले आमाबारे पनि कुरा गरे । आमाबारे कुरा गर्दै उनले भने, ‘आमाले जानीजानी मेरा लागि लामो पाइन्ट किनिदिनुहुन्थ्यो । धेरै समयसम्म प्रयोग गर्न सकियोस् भनेर ।’

अन्तिम पटक लाल सिंह चड्डामा देखिएका थिए आमिर

आमिर खानलाई अन्तिम पटक लाल सिंह चड्डामा देखिएको थियो । यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । आमिर खानबाहेक फिल्ममा करिना कपुर खान, नागा चैतन्य र मोना सिंहले महत्वपूर्ण भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!