हिपमत डटकम

आइतबार, मंसिर १८, २०७९ || 2780  पटक पढिएको

वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १ सय ६४ रनले विजयी भएको छ । ४ सय ९८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो पारीमा ३ सय ३३ रन मात्र बनाउन सक्यो ।

 

वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले १ सय १० बनाएर नेथन लियोनको बलमा बोल्ड भए । उनलाई ओपनर टागेनरेन चन्द्रपाउनले ४५ रन बनाएर राम्रो साथ दिए । तर, टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु चम्कन सकेनन् । अन्त्यतिर रोस्टोन चेसले ५५ तथा अल्जारी जोसेफले ४३ रन बनाउँदै टोलीलाई केही बेर सम्हालेका थिए ।

अस्ट्रेलियाका लागि लियोनले ६ विकेट लिए भने ट्राभिस हेडले २ विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ विकेटको क्षतिमा ५ सय ९८ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिज २ सय ८३ रन बनाएर आउट भएपछि अस्ट्रेलियाले दोस्रो इनिङ्स २ विकेटको क्षतिमा १ सय ८२ रनको स्थितिमा समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा दोहोरो शतक तथा दोस्रो पारीमा शतक बनाएका मार्नस लाबुसेन प्लेअर अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!