बिहिबार, फाल्गुण २९, २०७६ || 971  पटक पढिएको

कोरोना भाइरसले सबै नेपाली त्रसित छन् । नेपालमा संक्रमण नभए पनि जुनसुकै बेला कोभिड-१९ भित्रिन सक्ने सम्भावनालाई कसैले पनि नकार्न सक्दैन ।सतर्कताका लागि सरकारको तयारिप्रति पनि नागरिक विश्वस्त हुन सकेका छैनन् । तर सरकारले भने यदि कुनै क्षेत्रका नागरिकमा संक्रमण देखिए उक्त क्षेत्रलाई लक डाउन गर्ने तयारि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको बताए । आजको पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने- ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’त्यसैगरि आवश्यक परेमा सम्बन्धित क्षेेेत्रमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उनले बताए । कोरोनाका कारण भारतले एकपछि अर्को कदम चालिरहेका बेला नेपाल पनि थप सचेत भएको हो । कोरोनाको संक्रमण देखिएपछि भारतले भोलिदेखि पर्यटक आवागमन रोकेको छ भने संक्रमण फैलिएका देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने भएको छ । अमेरिकाले पनि बेलायतबाहेक सबै युरोेपेली देशबाट अमेरिका यात्रा गर्न एक महिनासम्म रोक लगाउने निर्णय गरेको छ । नेपालले भने संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ । तर कोरोना संक्रमण रोकथाम र भविष्यमा देखिएको अवस्थामा उपचार गर्न सरकारको पूर्वतयारी नपुगेको भनेर सरकारको आलोचना भइरहेको छ ।

नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरुमा संक्रमण देखिएको छैन । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा छन् । यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको मन्त्रालयले जनाएको छ।यस्तै, स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताए। उनले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गरे। उनले भने, ‘हामीलाई जोखिमलाई हेरेर काम गरिरहेको छौं। नाकाहरुमा कडाइ गरेका छौं। स्थानीय र प्रदेश सरकासँग हातेमालो गरेका छौँ।’त्यस्तै, जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले २ वटा ल्याब तयारी अवस्थामा रहेको जानकारी दिइन्। हाल एउटा मात्र ल्याब प्रयोगमा रहेको उनले बताइन्। प्रयोगशालाको ४ हजारनमुना परीक्षण गर्ने क्षमता रहेको पनि उनले जानकारी दिइन्।विश्वभर अहिलेसम्म ४ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!