हिपमत डटकम

शनिबार, मंसिर १७, २०७९ || 987  पटक पढिएको

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।

 

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!