हिपमत डटकम

मंगलबार, मंसिर १३, २०७९ || 8828  पटक पढिएको

काठमाडौं । प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फस्र्टलुक पोस्टर र टिजर आउट भएसँगै चर्चामा रहेको फिल्मको सो गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर छन् ।

दीपक शर्माको शब्द र संगीत तथा निशान भट्टराई र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । भक्तपुर दरबार स्क्वायरमा सेट लगाइ खिचिएको गीतमा आर्यन र उपासनाले सय भन्दा बढी कोरसका साथ डान्स गरेका छन् । ३० डिसेम्बर अर्थात १५ पुषबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् भने रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

कार्यक्रममा अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले बिगतमा भन्दा अझै धेरै दर्शकका माया पाउने बिश्वास ब्यक्त गरे । उनले आफू केही समयको बिश्रामपछि पुनः यसै फिल्मबाट पर्दामा आउन लागेकोमा निकै उत्साहीत रहेको बताए । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रुप पाउनु हुनेछ,’ उनले भने,‘फिल्म एक्शन,लभ,कमेडी र सेन्टिमेन्टन्स, सबै कुराको मिक्स अप छ ।

कम्प्लीट प्याकेज हेर्न पाउनु हुनेछ ।’ अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताइन् । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएँ,’ उनले भनिन्, ‘मेरा अघिल्ला फिल्महरुलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने बिश्वास लिएकी छु ।’ कोरियोग्राफर रामजीले ‘फकाउनै जानीनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताए । ‘पछिल्लो समय यत्तिको लगानी भएका गीत कमै बनेका छन,’ उनले भने, ‘दर्शकले अबश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’

निर्माता रामप्रसादले दर्शकको मनोरञ्जनका लागि आफूले कुनै कुराको कमी हुन नदिएको दावी गरे । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका उनले ‘डिसेम्बर फल्स’ ले सबैको म जित्नेमा आफू निश्चिन्तक रहेको बताए । फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले यसपाली मनोरञ्जनका साथै स्वास्थ्यजस्तो सम्बेदनशील क्षेत्रको बिबिधताको ‘कन्टेन्ट’ लाई पर्दामा उतारेको खुलासा गरे ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता तथा रामप्रसाद र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा नर्स बिपीका खनालले लेखेकी हुन् ।

दक्षिण भारतीय फिल्मका चल्तीका सिनेमाटोग्राफर महेश आर गुप्ताले खिचेको फिल्मको पटकथा र सम्वाद केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन भने द्धन्द्ध श्री श्रेष्ठको छ । बनिष शाहले सम्पादन गरेको फिल्मका गीतको कोरियोग्राफी कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहले गरेका हुन् । फिल्मको बितरण श्रीराम बालाजी फिल्मस्ले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!