बिहिबार, फाल्गुण २९, २०७६ || 1119  पटक पढिएको

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ ।भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले संसदलाई दिएको जानकारीअनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ ।उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे ।विदेशबाट भारतमा आउने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न थालिएको जानकारी दिदैँ उनले संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त भने नहुने बताए ।उनले ३० हजार नागरिकलाई निगरानीमा राखिएको जानकारीसमेत दिए । कोरोनाको परीक्षण जुनसूकै ल्याबमा हुन नसक्ने भएकाले देशभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!