हिपमत डटकम

सोमबार, मंसिर १२, २०७९ || 3219  पटक पढिएको

मङ्सिर १२ गते । नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किनुभएको छ ।

नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सर्नुभएको हो । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताउनुभयो ।

उहाँका अनुसार शनिबारबाट नेपालगञ्जको बीपी चोकबाट सडकपेटी खाली गराउन थालिएको छ । नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उहाँले बताउनुभयो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ ।

उपमहानगरका अधिकांश बजार क्षेत्रमा ढल निकासको नालामाथि पनि अतिक्रमण गरिएको पाइएको छ । नालामाथि अतिक्रमण गरेर पक्की संरचनासमेत निर्माण गरिएकाले आवागमनमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।

नेपालगञ्जको सदरलाइन, एक्लैनी, इदगाह रोड, सुर्खेतरोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडका अधिकांश नाला र सडकपेटीलाई कब्जा गरेर व्यापार गरिएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहका अनुसार बजारको सडकपेटी जतिपटक खाली गराए पनि व्यवसायीले अटेरी गरेकाले बारम्बार समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!