काठमाडौं : प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ९२ लाख ५७ हजार ८ सय ५० मत गनेर सकिएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७ सय ५८ मत पाएको छ ।
चौथो स्थानमा झरेको माओवादी केन्द्रले १० लाख ५६ हजार २ सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६ सय ३९, जनता समाजवादी पार्टी, नेपालले ३ लाख १९ हजार ४ सय ६८, जनमत पार्टीले २ लाख ५६ हजार ४६, नेकपा एकीकृत समाजवादी २ लाख ४९ हजार २ सय ९२ मत ल्याएको छ ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ४२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २६ हजार ४१ मत प्राप्त गरेको छ ।