हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 19687  पटक पढिएको

गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।

रुपन्देहीको भैरहवामा आइतबार भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई बलियो बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढिने बताउनुभयो । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाणले बताउनु भयो ।

प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुङ्ग्याउने गृहमन्त्री खाणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुङ्ग्याउनुहुन्छ । पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’’

रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनु भएका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताउनु भयो । खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित हुनुभएको थियो ।

‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भन्नुभयो ।

भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गर्नुभएको थियो ।

आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफैँ उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!